समाज

जंगली हात्तीले भत्कायो मन्दिरका संरचना
SHARES

कात्तिक २२, २०७६

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ स्थित धार्मिक क्षेत्र मणिका धाममा जंगली हात्तीको बथानले बिहीबार बिहान भौतिक क्षति पुर्‍याएको छ।

    धार्मिक क्षेत्र परिसरमा निर्माण गरिएका धर्मशाला, ध्वनिघर, गोदाम घर, साधु बस्ने कुटिय भत्काउनुका साथै पानीको धारा, सोलार प्यानल र भाँडाकुडालगायत तोडफोड गरेर क्षति पुर्‍याएको वडा अध्यक्ष बहादुर महराले बताए। 

    मन्दिर परिसरमा निर्माण गरिएको भौतिक संरचना भत्काउँदा सात लाख बढीको क्षति पुगेको छ उनले भने, ‘३०/३५ को संख्यामा रहेको हात्तीको बथान धार्मिक क्षेत्रमै भएकाले मन्दिरमा आउने श्रद्धालु त्रसित भएका छन्।’ मन्दिरका भौतिक संरचना स्थानीय बासिन्दाबाट संकलित रकमबाट निर्माण गरिएका थिए।

     हात्तीका कारण हुने मानवीय क्षति हुन नदिनका  लागि धार्मिक क्षेत्र र नजिकको सामुदायिक वन क्षेत्रमा स्थानिय बासिन्दालाई छिर्नमा रोक लगाइएको उनले बताए। 

      

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]