|

रेलवे ट्र्याक हुँदै बाटो काट्ने पैदल यात्रुहरूलाई सचेत गराउन भारतमा रोचक उपाय अपनाइएको छ। वेष्टर्न रेलवेले मुम्बईस्थित रेलवे प्लेटफर्ममा यमराजको भेषमा कर्मचारी परिचालन गर्दै जथाभावी बाटो काट्दा उत्पन्न हुने जोखिमबारे यात्रुहरूलाई सचेत गराउन थालेको हो। हिन्दू पुराणहरूका अनुसार, यमराज मृत्युका देवता हुन्।

अटेर गर्ने पैदलयात्रुलाई ‘यमराजहरू’ले बोकेर पुन: रेल्वे प्लाटफर्ममा फिर्ता लगिदिने गरेका छन्। ट्वीट गर्दै वेष्टर्न रेलवेले भनेको छ, ‘यी यमराजले मान्छेहरूमाथि नजर राख्दै तिनको ज्यान बचाउँछन्। साथै, पैदलयात्रुलाई पुल र सव–वे प्रयोग गर्न प्रेरित गर्छन्।’

जनचेतना बढाउन वेष्टर्न रेलवेले प्रयोग गरेको यो ‘आइडिया’लाई मानिसहरूले रुचाएका छन्। सामाजिक सञ्जालहरूमा उक्त कार्यको प्रशंसा भएको छ। एक फेसबुक प्रगोगकर्ताले ‘यो आइडिया निकै प्रभावकारी हुनसक्ने भन्दै रेल्वेलाई धन्यवाद दिएका छन्।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘कतै यमराज नै दुर्घटनामा नपरुन्, त्यसतर्फ पनि ध्यान दिइयोस्’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.