|

अर्घाखाँची : भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गरिएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु (छैठौं) र कांग्रेस सम्बद्ध नेविसंघलगायतका विद्यार्थी संगठनले अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गरेका हुन्।

ती विद्यार्थी संगठनका नेताहरूले संयुक्त रुपमा शुक्रबार अर्घाखाँचीलगायत देशभर भारतीय फिल्ममाथि, टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन माग गरेको बताए। उनीहरूले नक्सा नसच्चाएसम्म चुप लागेर नबस्ने चेतावनी दिए।

शुक्रबार भारतले नेपालको भू-भाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) र कांग्रेस सम्बद्ध नेविसंघ लगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा विरोध र्‍याली गरेका थिए।

'लिपुलेक हाम्रो हो' 'गो ब्याक इन्डिया' लेखिएको प्ले कार्डसहित र्‍याली गरेका विद्यार्थी संगठनले 'लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद' भन्दै नारा लगाएका थिए। र्‍याली सन्धिखर्कको पाणिनी क्याम्पसबाट बजार परिक्रमा गरी शान्ती बगैंचामा आइ कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताहरूले नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.