|
फाइल तस्विर

ताप्लेजुङ : ताप्लेजुङका केही स्थानीय तहले फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने भएका छन्। १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तिको अवसरमा जिल्लाको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका हुन्।

आउँदो साताको सोमबार अर्थात् कात्तिक २५ गते महागुरु लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए। गत वर्षदेखि नै प्रत्येक वर्ष लिङ्देनको जन्म जयन्तीमा सार्वजनिक बिदा दिने नगरसभाले निर्णय गरेको नगर प्रमुख प्याकुरेलले बताए।

यस्तै फक्ताङ्लुङ गाउँपालिकाले पनि बिहीबार विज्ञप्ति प्रकाशित गर्दै लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। बुधबारको कार्यकालिका बैठकले लिङ्देनको जन्म जयन्तीका आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको फक्ताङ्लुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिकाले पनि उक्त दिन सार्वजनिक बिदा दिने तयारी गरेको तर, औपचारिक निर्णय हुन बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले जानकारी दिए।

ताम्लिङका अनुसार गत वर्ष बिदा दिइएकाले यस वर्ष पनि लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिने गाउँपालिकाको तयारी रहेको छ। उता, लिङ्देनको जन्म जयन्ती किराँत धर्मसँग सम्वद्ध सङ्घ/संस्थाहरुले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.