|

बैतडी : अगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका ३ वटै वडामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ।  सुर्नया गाउँपालिका-१, पुर्चौडी नगरपालिका-४ र दोगडाकेदार गाउँपालिका-४ मा अगामी मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेस सुर्नया गाउँपालिका-१ को वडाकार्य समितिको बैठकले वडाअध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ। यस्तै, पुर्चौडी नगरपालिका ४ मा गोबिन्द बहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। साथै दोगडाकेदार गाउँपालिका ४ मा सुरेन्द्रप्रसाद भट्टलाई पनि वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा बनाउने निर्णय भएको हो।

यस्तै सुर्नया गाउँपालिका १ मा कांग्रेसले प्रचारप्रसारसमिति गठन पनि गरिएको छ।  प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर रहेका छन्। वडा कार्यसमितिबाट सिफारिस भएका व्यक्तिहरूको नाम जिल्ला कार्यसमितिले अनुमोदन गरेको कोषाध्यक्ष पाण्डेयले बताए।

उता, सत्तारुढ नेकपाले यसअघि नै आफ्ना उम्मेदवारको नाम टुंगो लगाइसकेको छ। यसका साथै साना दलहरूले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी थालिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.