|

रुकुम : रुकुम पश्चिममा आधा बढी व्यवसाय तथा अन्य प्रतिष्ठानहरू दर्ताविनै संचालनमा रहेको पाइएको छ। तथ्यांक कार्यालय रुकुम पश्चिमले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा शुक्रबार सार्वजनिक गरपछि यस्तो देखिएको हो।

सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि कार्यालयले यस्तो जानकारी दिएको हो। नतिजाअनुसार रुकुम पश्चिममा ३ हजार नौ सय ९४ प्रतिष्ठान सञ्चालनमा रहेका छन्। त्यसमध्ये दुई हजार १ सय ७५ प्रतिष्ठान दर्ता भएका र एक हजार ८ सय १९ दर्ता नभएको कार्यालयले जनाएको छ।

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति संख्या १० हजार एक सय ८० रहेका छन् । त्यसमध्ये पुरुष ६ हजार एक सय तीन र महिला ४ हजार ७७ रहेको कार्यालयका तथ्यांक अधिकृत मेघराज पौडेलले बताए।

जिल्लामा सञ्चालनमा रहेका प्रतिष्ठानहरु मध्ये सबैभन्दा बढि मुसिकोट नगरपालिका एक हजार चार सय ३३ र सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा ३ सय ६० रहेका छन्। त्यस्तै आठबिसकोट नगरपालिकामा ६ सय ४, सानिभेरी गाउँपालिकामा ४ सय २०, त्रिबेणी गाउँपालिकामा ४ सय ९५ र चौरजहारी नगपालिकामा ६ सय ८२ प्रतिष्ठानहरू सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

गणना तथ्यांक संकलन अनलाइन सेन्सस, कागजी र ट्याब्लेट गरी दुई तरिकाले गणना गरिएको थियो। गणनामा सधैँ निश्चित स्थानमा सञ्चालित र सधैँ अनिश्चित स्थानमा सञ्चालित चलायमान प्रतिष्ठानहरू समेटिएका थिए भने निश्चित स्थानमा सञ्चालन नभइ ग्राहकको खोजी गर्दै सञ्चालन भएका गतिशिल प्रतिष्ठानहरू गणनाको कभरेजमा नसमेटिएको तथ्यांक अधिकृत पौडेलले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.