छापा

हत्या आरोपित आलम धरौटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने
SHARES

कात्तिक २३, २०७६

    काठमाडौं : कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ।

    कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला प्रहरी कार्यालय (रौतहट)लाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ।

    जिल्ला अदालतले धरौटी वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरी शुद्धीकरण विभागमा पठाउने समाचार कान्तिपुर दैनिकमा छ।

    सम्पत्ति शुद्धीकरण ऐन २०६४ को २१ (२) बमोजिम उनको सम्पत्ति छानबिन हुनेछ। आलमविरुद्ध थुनछेक बहस चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]