छापा

नेपाल-चीनबीच पनि सीमा विवाद, आधा दर्जन सीमास्तम्भ गायब
SHARES

कात्तिक २३, २०७६

    काठमाडौं : चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो।

    नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्या रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

    नेपाल चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छ भने झण्डै आधा दर्जन सीमास्तम्भ गायब छन्। नेपाल चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ।

    पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन्। तीमध्ये सन् २००५ मा भएको सुररिवेक्षणमा ३७, ३८ र ६२ नम्बरका सीमा भेटिएका थिएनन्।

    ३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भन्ज्याङ्मा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन।

    ठूलो समस्याचाहीँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टीको कार्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]