|

काठमाडाैं : विश्वको सर्वाधिक पुरानो क्रिकेट क्लबका रुपमा रहेको मेरिलोबन क्रिकेट क्लबसँगको टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमले फराकिलो अन्तरको हार ब्योहोरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसिसीले नेपाललाई ११३ रनले पराजित गर्दै सानदार जित निकालेको हो। एमसिसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्नु बोहक अन्यको प्रदर्शन भने गतिलो रहेन। उसका लागि कुशल भुर्तेलले १४ रन बनाउँदा भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो। एमसिसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ् खेलेका थिए भने एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसिसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेलिसकेका छन्।

तीन दिवसीयमा नेपाल २०८ रनले पराजित भएको थियो। एकदिवसीयमा भने नेपालले एमसिसीलाई ५ विकेटले हराएको थियो। यस्तै नेपाली यू-१९ क्रिकेट टिमविरुद्धको टी-ट्वान्टीमा एमसीसीले ३८ रनको जित निकालेको थियो।

अब एमसिसी केही दिन पोखरा भ्रमणमा जाने छ। त्यहाँ एमसीसीले आमन्त्रण ११ र मुख्यमन्त्री ११ संग दुई टी-ट्वान्टी क्रिकेट खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.