|
फाइल तस्बीर

मकवानपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैं अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्ने लगायत विभिन्न प्रकारका लापरवाही गर्ने करिब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ।

आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ। तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःखदिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

ट्राफिक प्रहरीले कारवाहीमार्फत करिब तीन लाख राजश्व संकलन गरेको छ। कारवाहीमा परेका साधनमध्ये नौ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो। तिहारमा हेटौंडामा फरकफरक स्थानमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.