|

काठमाडौं : अन्तरिम मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कर्मचारीको तहबाट भएको प्रयासले भारतसँगको सीमाविवाद नसुल्झिने बताएका छन्। 

शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राखेको आफ्ना धारणाबारे सञ्चारकर्मीलाई जानकारी दिँदै रेग्मीले भारतले नेपाली भूमि मिचेर उत्पन्न भएको समस्याको समाधान प्रधानमन्त्रीको तहबाटै खोजिनुपर्ने सुझाए। 

‘कर्मचारीको तहबाट यो समस्याको समाधान हुँदैन, भारतबाट मिचिएको जमिन फिर्ता गराउन उच्चस्तरीय कदम चाल्नुपर्छ’, उनले भने, ‘राजनीतिक र प्राविधिक दुवै समिति बनाएर तत्काल काम थाल्नुपर्छ। कालापानीसहितका समस्या देखिएका क्षेत्रमा समाधानका लागि तत्काल कदम चाल्नुपर्छ।’ 

रेग्मीले यो समस्या प्रधानमन्त्रीको तहबाटै भारतसँग कुरा राखेर टुंग्याउनुपर्ने सुझाव आफूले दिएको जानकारी दिए। ‘अहिलेको समस्याको राजनीतिक तहबाटै हल खोज्न सुझाव दिएको छु’, उनले थपे, ‘कर्मचारीको तहमा भएको कुराले समाधान ननिस्कने भएकाले प्रधानमन्त्रीबाटै विशेष पहल हुनुपर्ने कुरा दोहोर्याएको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.