|

काठमाडाैं : आगामी १५ मंसिरबाट नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कुल ३२४ स्वर्णका लागि ३ हजार २ सय ९ खेलाडी मैदानमा उत्रने भएका छन्।

कुल ११ सय ३५ पदकका लागि यी खेलाडीले प्रतिष्पर्धा गर्ने छन्। आयोजक नेपालले कुल २७ खेलमा ३२४ स्वर्ण रहने जनाएको छ। जसमा सात राष्ट्रका खेलाडी मैदानमा हुने छन्।

सात राष्ट्र सहभागी बैठकमा नेपालले प्रस्तुत गरेको पदक विवरण अनुसार कुल ३२४ स्वर्ण, ३२४ रजत र ४८७ काँस्य पदक समावेश छ। पदक विवरणअनुसार सबै भन्दा धेरै पौडी र एथलेटिक्समा स्वर्णको प्रतिष्पर्धा हुने छ।

पौडीतर्फ ३८ र एथ्लेटिक्समा ३६ स्वर्णका लागि भिडन्त हुने छ। त्यस्तै, कराँतेमा १९, सुटिङमा २०, तेक्वान्दोमा २९, भारत्तोलनमा २०, कुस्तीमा २० र उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.