|
फाइल तस्विर

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको छ। जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूका साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक बिक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए।

उनीहरूलाई शनिबार नै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान भइरहेको छ। उनिहरुको साथबाट बरामद भएको बन्दुक के प्रयोजनका लागि थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.