|

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी दोस्रो स्थानमा उक्लीएको छ । म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने क्रममा चेल्सीले क्रिस्टल प्यालेसलाई २–० ले पछि पार्यो।  चेल्सीले २०१६–१७ पछि पहिलो पटक प्रिमियर लिगमा लगातार छैटो जित निकाल्दै प्रभावसाली प्रदर्शन जारी राखेको छ ।

लिभरपुल भन्दा एक खेल बढी खेलेको चेल्सी दोस्रो स्थानमा उक्लेकोछ । लिभरपुल भन्दा चेल्सी ५ अंकले पछि छ ।  जितसँगै चेल्सीले १२ खेलबाट २६ अंक बनाउँदै शिर्ष स्थानमा उक्लीएको छ। चेल्सीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

चेल्सीलाई खेलमा अग्रता दिलाउने क्रममा टमी अब्राहमले जारी लिगमा दशौं गोल संभव बनाए। उनकै गोलमा ५२ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो। पहिलो हाफमा दबाबका बाबजुत चेल्सी गोल गर्न असफल भइरहेको अबस्थामा माटेओ कोभासिक र विलियनले निकालेको बललाई अब्राहमले गोल गरेका थिए। त्यसलगतै क्रिस्टल प्यालेसका जेम्स टोमकीन्सले राम्रो अवसर चुकाएका थिए । यद्यपी चेल्सीले भने निरन्तर क्रिस्टल प्यालेस विरुद्ध अवसरहरु सिर्जना रेको थियो । उसले खेलमा अग्रता दोब्बर बनाउने क्रममा ७९ औं मिनेटमा गोल संभव बनायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.