|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चराको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको छ।

चराको वासस्थान, आहाराको अवस्था, नयाँ चरा पत्ता लगाउन र चराका प्रजातिबारे अध्ययन गर्न प्रत्येक शुक्रबार टोली खटिँदै आएको छ। निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, नेचर गाइड र सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थी गरी १६ जनाको टोलीले अध्ययन गर्दै आएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले जानकारी दिए।

चौधरीका अनुसार बाइना कुलर र विशेष प्रकारको क्यामेराको माध्यमले चराको अध्ययन भइरहेको छ। उनले भने, ‘निकुञ्जभित्रका सीमसार क्षेत्र, मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रमा चरा अध्ययनका लागि प्रत्येक शुक्रबार टोली परिचालन भैरहेको छ।’

टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, शिकारी ताल, रानीताल, सलगौंडीताल, बाबा ताललगायतका ताल र सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको अवस्थाबारे अध्ययन गर्दैछन्। निकुञ्जमा ४२४ प्रजातिका चरा पाइन्छ। नेपालमा ८७७ प्रजातिका चरा पाइने तथ्यांक छ। जसमध्ये १९ प्रजातिका चरा दुर्लभ छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.