स्पेनिस लालिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।
लियोनल मेसीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले लिगमा शीर्ष स्थानमा उक्लिएको हो। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले पराजित गर्दे साविक च्याम्पियन लिगको शीर्षस्थानमा फर्किएको हो।
मेसीले ह्याट्रिक पुरा गर्दा दुई फ्रिकीक र एक पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई अघि बढाएका थिए। पाहुना टोली सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए।
पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दे मेसीले पुन र्सिलोनालाई अग्रता दिलाएका थिए। मेसीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए।
सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए। शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो। दोस्रो स्थानको रियल म्याड्रिडसँग समान अंक भएपनि गोल अन्तरमा बार्सिलोना शीर्षस्थानमा उक्लीएको हो। सेल्टा भिगो ९ अंकसहित रेलिगेशन जोनमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।