|

जनकपुरधाम :  भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा भारतविरुद्ध आन्दोलन चर्किएको छ। अनेरास्ववियु जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन भएको हो।

भारत सरकाररले  कालापानी, लिपुलेक र लिम्यिाधुरालाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाइएको कार्यवाहक अध्यक्ष मनिस यादवले जानकारी दिए।

युवाहरूले  ‘गो ब्याक इण्डिया’, ‘हाम्रो देश प्राणभन्दा प्यारो छ’, मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरेका हुन्। ‘भारतले देशको विभिन्न स्थानमा नेपालको भूभागमा सीमा मिचेको छ। यसबारे सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।‘ कार्यवाहक अध्यक्ष यादवले भने।

 केही दिनअघि मात्र भारत सरकारले नेपालको केही भूभाग समावेश गरी नक्सा सार्वजनिक गरेको थियो । जसको देशभर विरोध भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.