|
प्रतीकात्मक फोटो

पर्सा : वीरगन्ज महानगरपालिका-११ श्रीपुरमा आइतबार बिहानै आगलागी भएको छ। आगलागीबाट स्थानीय भोजप्रसाद चौरसियाको धुम्ती पसल जलेको छ। पसल जल्दा आगलागीबाट २ लाख बढीको क्षति हुन पुगेको पीडितले जनाए।

अचानक लागेको आगोलाई वीरगन्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। एकाबिहानै अचानक घुम्ती पसलमा कसरी आगलागी भयो? भन्ने विषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए।

आगोलाई महानगरको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिएको थियो। आगलागीबाट करिब २ लाख मुल्य बराबरको सामाज जरेर क्षति पुगेको प्रहरीले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.