|

'सुमार्गी' पुस्तक सहलेखनको जिम्मेवारी चुनौतीपूर्ण थियो तर सहलेखक अरुणराज सुमार्गीका कारण अन्तरकथाहरूका नजिकसम्म पुग्ने, छाम्ने, सुन्ने र लेख्ने वातावरण बनेपछि आफैँमा बाक्लो हौसला बढ्दै गएको थियो। कविताको झ्यालबाट हामफालेर दर्शनको द्वारसम्म आइपुग्दा विश्व सहित्यका पट्यारलाग्दा पुस्तक मात्र नभई पूर्वीय तथा पश्चिमी दर्शनको साँचोद्वारा भएको/चलेको बुद्धिविलासको क्षमता नापिसकेपछिको अवस्थामा यस पुस्तकको लेखनको उठान भएको थियो। अजेयराज सुमार्गीसँगको साक्षात्कार दुर्लभ त थियो नै, समाचारको भारी बोकेर आउने अखबारहरूका कारण पनि मनमा बेग्लै घर बसेको थियो।

हालसम्म करोडौँ प्रति बिक्री भइसकेको यो पुस्तक व्यवसायमा सफलता चाहानेहरूका निम्ति आधारभूत पुस्तक भन्दा अतिसयोक्ति हुनेछैन। यो पुस्तक पढेर करोडौँ मान्छेह करोडौँपति भएका दृष्टान्तहरू छन्, अहिले पनि विश्वका सबैभन्दा ठूला धनाढ्यहरूले पुस्तक पढेर यसले सिकाएको ज्ञानमाथि चर्चा परिचर्चा गरिरहेका छन्।

नयाँ चेतनाको आगनमनका लागि पूर्व धारणालाई हटाउन आवश्यक थियो, त्यसपछि मात्र नयाँ शिरा प्रारम्भ हुन संभव थियो। पुस्तक लेखन क्रममा भेटिएका पात्रहरूले अजेयमाथि गरेको सम्मोहनकारी व्याख्या र लीलावर्णनको मलाई आगन्तुक साइतका लागि कुतकुत्याएको थियो। सहलेखक अरुणराजको रातदिनको अथक परिश्रम त्यस भन्दा पनि माथि एक भाइ मात्र नभई अनुभवोक्ता, प्रत्यक्षदर्शी भएका कारण उही उमेरका दौँतरीहरूलाई भेट्न र उहाँहरूका कुरा सुन्नलाई मीठो संयोजन गरिदिएको थियो।

भर्खरै मात्र बजारमा नेपालियन हिलको विश्वप्रशिद्ध पुस्तक 'थिंक एण्ड ग्रो रिच' पुस्तकको अन्तर्राष्ट्रिय संस्करणमा नेपाल जस्तो सानो मुलुकका उद्योगी व्यवसायी अजेयराज सुमार्गीलाई विश्व अर्थतन्त्रका महारथीहरूसँगै प्रस्तुत गर्नुले मेरो रोजाइ र लगन गलत कहिल्यै थिएन र हुनेछैन भन्ने पुष्टि गरिदिएको छ। सन् १९३७ मा पहिलो प्रकाशन भएको पुस्तकमा लेखक नेपोलियनले व्यवसायको उचाइका लागि अचुक उपायहरू पहिल्याइदिएका छन्। संगठन, नेतृत्व र त्यसले लिने गतिका बारेमा मन, मस्तिष्क र सृजनक्षमताको वैज्ञानिक कोणबाट व्याख्या गरेका छन्। हालसम्म करोडौँ प्रति बिक्री भइसकेको यो पुस्तक व्यवसायमा सफलता चाहानेहरूका निम्ति आधारभूत पुस्तक भन्दा अतिसयोक्ति हुनेछैन। यो पुस्तक पढेर करोडौँ मान्छेह करोडौँपति भएका दृष्टान्तहरू छन्, अहिले पनि विश्वका सबैभन्दा ठूला धनाढ्यहरूले पुस्तक पढेर यसले सिकाएको ज्ञानमाथि चर्चा परिचर्चा गरिरहेका छन्। ऐतिहासिक पुस्तकको आवरणमा नेपालका चर्चित उद्यमी व्यवसायी अजेयराज सुमार्गीको समावेशीले नेपाल र दक्षिण एसियामा उदाउँदै गरेका प्रखर युवाउद्यमीहरूका लागि प्रेरणाको मानक बन्नेमा कुनै शंका छैन।

व्यवसायी अजेयराज सुमार्गी

दक्षिण एसियाकेन्द्रित प्रकाशन गृह ब्रोसिसले प्रकाशन गरेको पुस्तकको मूल्य दश डलर रहेको यो पुस्तक एक्स्क्लुसिभ एयरपोर्ट एडिसन हार्डवाउन्ड र पेपरव्याक दुवैमा प्रकाशन गरिएको छ। नेपालमा पनि डेल कारनेगी, शिव खेडा, दीपक चोपडा, विकासानन्द जस्ता तिख्खर सेल्फहेल्प गुरुहरूका पुस्तक बजारमा उल्लेखनीय रूपमा बिक्री भइरहेका छन्। सबैखाले व्याक्तित्व विकासका पुस्तहरूका तुलनामा यस पुस्तकको गहनता निकै गहिरो छ।

माइक्रोसफ्टका मालिक विल गेट्सदेखि, वारेन बफेट हुँदै नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो व्यवसायको यात्रामा हिलको पुस्तक अध्ययन गरेको र धेरै अर्थमा सहायता पुर्याएको उल्लेख गरेका छन्।

समयलाई चिन्न सक्ने र समस्यालाई काँधमा बोकेर लामो यात्रामा हिँड्नसक्ने, गहुङ्गो भएर ओराल्न खोज्दा सफलताको हात चुम्न सक्ने उनको कलाको पारखीपनलाई स्वप्नको उडानमा उडिरहेका विश्वका कुनामा रहेका युवाहरूका लागि साहस र एकोहोरो लगनको प्रतिमूर्तीका रूपमा सुमार्गीको जीवन उतार्न खोज्नु आफैँमा गौरवको विषय भएको छ।

सुमार्गी परिवार आफैँमा ज्ञानको उर्वरतामा खचाखच भरिएको संचित चेतना हो। परिवारका हरेक सदस्यलाई थाहा छ, ऊर्जाको प्रयोग र सही अवतरणका लागि कुन समय उपयुक्त हो भन्ने। रोजाइमा असल भाव र सकारात्मक चिन्तन परिवारमा आएको 'जेनिटिक गिफ्ट'को सघन अनुभव सबै सदस्यमा पाउन सकिन्छ। सबैभन्दा अब्बल अजेयराज सुमार्गी देखिएका छन् र परिवारका अन्य सदस्यहरूको क्रियाशीलता र उर्वरता स्वाभाविक गतिमा वृद्धि भइरहेको छ। व्यवसायको छलाङ समाउन सक्ने दक्षता भएमा समयको वहावसँगै व्याक्तित्व विकास र समाजको विकास हुँदै जान्छ भन्ने सोचको चरितार्थ सुमार्गीको जीवनलाई हेरेर भन्न सकिन्छ। नेपोलियन हिलको पुस्तकपछि पनि अन्तर्राष्ट्रिय जगतका अन्य संचारगृहका प्रतिनिधिहरू र लेखकहरूले अजेयराजको जीवनीमाथि रुचि देखाएका छन्। समयलाई चिन्न सक्ने र समस्यालाई काँधमा बोकेर लामो यात्रामा हिँड्नसक्ने, गहुङ्गो भएर ओराल्न खोज्दा सफलताको हात चुम्न सक्ने उनको कलाको पारखीपनलाई स्वप्नको उडानमा उडिरहेका विश्वका कुनामा रहेका युवाहरूका लागि साहस र एकोहोरो लगनको प्रतिमूर्तीका रूपमा सुमार्गीको जीवन उतार्न खोज्नु आफैँमा गौरवको विषय भएको छ।

अमेरिकी लेखक नेपोलियन हिलले आर्थीक सम्पन्नता भएका विश्वका पाँच सय व्याक्तिको गहिरो अनुसन्धान पच्चीस वर्ष भन्दा लामो समय लगाएका थिए र तिनै व्यक्तिहरूका दैनिकी, सोच र काम गराइको प्राकृतिक सूक्ष्मतालाई मिहीन अध्ययन गरेका थिए। हिलको पुस्तक 'थिंक एण्ड ग्रो रिच'को आवरणमा अजेयराजको भनाइलाई पनि समेटिएको छ। आफ्नो युवाकालमा हिलको पुस्तक मात्र नभई पूर्वीय तथा पश्चिमी दर्शनका धेरै पुस्तकको अध्ययन हजुरबुबा कलानाथ अधिकारी, पिता माधवराज सुमार्गी, गुरु रूपचन्द्र विष्टमार्फत् र समाजका पाका अध्ययनशील व्यक्तिहरूको सत्सङ्गद्वारा ज्ञान आर्जन गरेका थिए। माइक्रोसफ्टका मालिक विल गेट्स, अर्का धनाढ्य वारेन वफेटलगायत विश्व जगतका हस्तीहरूका अनुभवलाई पुस्तकको आवरण र भित्री सुरुका खण्डमा समेटिएको छ।

अजेयराजको अभिव्यक्तिको भावानुवाद यस्तो रहेको छ:

  • 'थिंक एण्ड ग्रो रिच' पुस्तक आफैँमा अन्तिम समाधान होइन, तर त्यसबाट हामीले सश्लेषण गर्ने ज्ञानले सही अर्थ आकार प्रदान गर्दछ। मैले यो पुस्तक हेटौँडाको पारिलो युवा उमेरमा अध्ययन गरेको थिएँ, जसले गर्दा मभित्रको प्रबल इच्छा र स्वाभाविक महत्त्वकाङ्क्षाले सूर्यलाई छोएर चन्द्रमामा बसाइँ गर्ने खालको अपत्यारिलो (त्यसबेला काल्पनिक लाग्ने) थियो।
  • म सधैँ सगरमाथाको सौन्दर्यदेखि नतमस्तक छु, अग्ला हिमपर्वतहरूको शुभचिन्तक हुँ र विश्वविजेता नेपोलियनको इतिहासबाट प्रभावित भएको छु। यी दुई तत्त्व प्रकृति र मनुष्यको दर्शन संयोजन मैले नेपोलियन हिलको पुस्तकमा प्राप्त गरेको छु।
  • म अनुगृहीत छु लेखक हिलप्रति, पर्वतारोहीहरूप्रति, धनमानहरूप्रति र सबैप्रति, जसको आफ्नो ज्ञान विवेकको दियोद्वारा प्रज्ज्वलित भएर पवित्र मानवीय हितको काममा लागिरहेका छन्। जयश्री मुक्तिनाथ!

'अजेयराज सुमार्गी'को अंग्रेजी संस्करण पनि चाँडै बजारमा आउँदै छ। व्यवसायको निरन्तरतामा पुस्तक अध्ययन गरेर प्रेरणा लिने र आफ्नो अनुभवलाई पाठकहरूका लागि खुला छाडिदिनुले नेपाल मात्र नभई भूगोलको जुनसुकै भागमा बसोबास गर्ने युवा किन नहोस्, जस्तोसुकै विपदमा पनि हतोत्साही नभई जीवनलाई सम्हाल्दै र सपनाहरू उठाउँदै समाजको योगदानका लागि इमानदार भई लागिरहन अजेयराजको जीवनीले सघाउँदछ। त्रिचन्द्र कलेजमा 'सुमार्गी' पुस्तकमाथि भएको लेक्चर कार्यक्रममा सहयोगी मित्र डा. गोविन्दशरण उपाध्यायको समुपस्थितिमा विद्यार्थीहरूले देखाएको रुचिले मलाई लेखनको घेरा भन्दा बाहिर तानिदिएको थियो। एउटा पुस्तकलाई विभिन्न कोणबाट हेरेर विद्यार्थीहरूले जिज्ञासा राखेका थिए। पुस्तकका बारेमा विभिन्न कलेज तथा शैक्षिक संस्थाहरू, पुस्तकालय, रिडर्स क्लबमा लेक्चर गरिरहँदाको बखत अन्तर्राष्ट्रिय प्रकाशन संस्थाद्वारा प्रकाशित नेपोलियन हिलको पुस्तकमा अजेयराज सुमार्गी समेटिनु देशका लागि गर्वको विषय भएको छ भने म आनन्दले गह्रुङ्गो भएको छु। आगामी पुस्तकहरूमा देश विदेशका धेरै लेखकले अजेयराजको जीवनको बहुआयामिक पाटालाई आफ्नो रुचिअनुसार प्रकाशन प्रसारण गर्दै जानेछन् र नेपाली माटोको सुवास चारैतिर फैलाउनेछन् भन्ने मेरो विश्वासमा अतिरिक्त बल थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.