|

बागलुङ : आगामी मंसिर १४ गते बागलुङ क्षेत्र नं २ (ख) मा हुने उप–निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्तीले साझा वाम उम्मेदवार बनेका खिमबिक्रम शाहीलाई सघाउने भएका छन्। नेकपा र राजमोको तालमेलबाट असन्तुष्ट बनेका घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनको उम्मेदवारी दर्तापछि फिर्ता गराउन लागि परेको नेकपाले अन्तत: बागलुङको पश्‍चिम क्षेत्रलाई छुट्टै जिल्ला बनाउने सहमति गरेपछि घर्तीले पत्रकार सम्मेलनमार्फत शाहीलाई सघाउने घोषणा गरेका हुन्।

‘पार्टीमा विमति थियो खण्ड बागलुङको मेरो मागलाई सम्बोधन गछौं भनेपछि म यो निणर्यमा पुगेँ’ पत्रकार सम्मेलनमा घर्तीले भने, ‘दुई तिहाईको सरकारले मेरो माग पूरा गर्न सक्छ।’ घर्ती राज्यको पुनः संरचना हुने बेलादेखि नै बागलुङलाई टुक्रयाएर दुई जिल्ला बनाउने पक्षधर अभियान्ता हुन्।

‘उहाँ लगायत पश्चिमका जनताको मागलाई पार्टि केन्द्रमा रख्ने भनेका छौं’ नेकपा जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोले भने ‘माग सम्बोधन गराउन हाम्रो पहल हुन्छ।’

आइतबार नेकपा जिल्ला कमिटीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै घर्तीले साझा उम्मेद्वारलाई सघाउने घोषणा गरेका हुन्। निर्वाचन हुने क्षेत्रबाट

सदरमुकाममा उम्मेदवारी फिर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुअघि नै समय सकिएको भन्दै घर्तीले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको लामो परामर्शपछि उनले वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने घोषणा गरेका हुन्।

प्रक्रियागत रूपमा उम्मेदवारी फिर्ता गर्न नपाए पनि पत्रकार सम्मेलनमार्फत वाम गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता घर्तीले जनाए। ‘सम्पूर्ण प्रदेशवासी जनतालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका साझा बामपन्थी उम्मेदवार कमरेड खिमविक्रम शाहीलाई गिलास चिन्हमा मतदान गरी बिजयी गराउन हार्दिक अपिल गर्दछु’ घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.