|

संखुवासभा : आगमी मंसिर १४ गते हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहीत हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। जिल्ला निर्वाचन कार्यालय संखुवासभाले आइतबार सदरमुकाम खाँदबारीमा आयोजना गरेको एक कार्यक्रममा आयुक्त थपलियाले उक्त कुरा बताएका हुन्।

आयुक्त थपलियाले निर्वाचन विवादरहीत र नमूना उपनिर्वाचन बनाउने बताए। उनले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पनि बताए। आफूहरूले पहिलो कार्यक्रम पोखरामा गरिसकेको र दोस्रो कार्याक्रम संखुवासभामा राखिएको बताए। उपनिर्वाचन अन्य निर्वाचन जस्तो खर्चिलो हुनसमेत आयोगले रोक लगाएको उनको भनाइ छ।

उपनिर्वाचनका लागि प्रचारप्रसारको अवधी यो पटक घटाएको प्रमुख आयुक्त थपलियाले बताए। 'विगता चुनावमा जस्तो प्रचार अवधी घटाइएको छ' उनले भने 'प्रचार अवधी लम्बिदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधीमा निर्वाचन गर्न लागिएको हो।'

आयुक्त थपलियाले यो विवाद निरुपण कार्यक्रम उपनिर्वाचन हुने जिल्लामा मात्र राखिएको बताए। निर्वाचन भनेको विवादसँग खेल्नु पर्न र समधान पनि गर्नुपर्ने भएका कारण यो कार्यक्रम गरिएको बताए। निर्वाचनका भाग लिने राजनीतिक दलहरूलाई यो विवाद निरुपण कार्यक्रममा सहभागी गराइएको आयुक्त थपलियाको भनाइ छ।

संखुवासभामा मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका ३ नम्बर वडाका लागि वडाध्यक्षका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.