मुद्दा ओझेलमा पार्न खोजेको आरोप

|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री तथा समाजवादी नेपाल पार्टीका एकजना अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो भूमि कुनै शासकले बेच्न नसक्ने जवाफ फर्काएका छन्। 

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र पञ्चायतकालका शासकहरुले बेचेको सार्वजनिक टिप्पणी बाबुरामले गरेपछि परराष्ट्रमन्त्रीले त्यसको जवाफ दिएका हुन्। 

‘हामी न्यायको माग गरिरहेका छौँ। कालापानी क्षेत्रको भूमि हिजोका शासकहरुले हस्तातरण गरेको हो भन्नेहरु पनि छन्’, बाबुरामको भनाइप्रति लक्षित गर्दै ज्ञवालीले आइतवार भने, ‘तर त्यो शासकलाई आफ्नो सीमा बेच्ने अधिकार नै हुँदैन। उसको पहिलो दायित्व सीमा रक्षा गर्नु हो।’

कालापानी फिर्ता ल्याउन आग्रहसहित ज्ञापनपक्र बुझाउन मन्त्रालयमा पुगेका अनेरास्ववियुका नेताहरुसँग कुरा गर्दै उनले अहिलेका मुद्दा ओझेलमा पार्न यस्ता कुरा आउन थालेका भन्दै कटाक्ष गरे। 

‘अहिलेको मुद्दा ओझेलमा पार्न त्यस्ता कुरा उठाएका हुन्छन्, हामी सचेत हुनुपर्छ’, उनले भने, ‘कसैले दिएको हो भन्ने डिस्कोर्षमा विश्वास गर्न आवश्यक छैन। हामी हाम्रो भूमि रक्षा गर्न सक्षम छौँ।’

मन्त्री ज्ञवालीले सडक आन्दोलन गरिरहँदा घुसपैठ हुन सक्नेतर्फ पनि विद्यार्थीहरुलाई सचेत गराए। ‘विद्यार्थीको अन्दोलनमा घुसपैठ पनि हुन सक्छ,सचेत हुनु’, उनले भने, ‘राष्ट्रियताको पक्षमा वैचारिक मुद्दा उठाउनू।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.