|
प्रतीकात्मक फोटो

बाँके : पाटेबाघको आक्रमणमा परि कोहलपुर नगरपालिका-१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको ज्यान गएको छ। आइतबार दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने 'परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको हो।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर-१३, नयाँबस्तीका स्थानीय निरकबहादुर शाहीले बताए।

२०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चारजनाको मृत्यु भइसकेको छ। बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.