|

पथरी : पथरी बहुमुखी क्याम्पस मोरङका विद्यार्थीले मिचिएको नेपाली भूमी फिर्ता गर्न माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छ्न्।

आइतबार नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका नेता नीता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियालीलगायतको नेतृत्वको टोलीले ब्यक अफ इन्डिया, जाली नक्सा खारेज गर, मोदी सरकार मुर्दावादलगायतको नाराजुलुस लगाएका थिए।

कोणसभामा नेकपा प्रदेश १ समिति सदस्य युवराज बाँस्कोटाले साम्राज्यवादी वेलायत र विस्तारवादी भारतको सीमा सुरक्षा गर्न सहयोग गर्दै आएको नेपाल आफ्नो देशको सुरक्षा गर्न सक्ने भारतलाई थाहा हुनुपर्ने बताए। नेपालको भूमी आफ्नोमा पारेर नेपालीलाई नजिस्क्याउन नेता बाँस्कोटाको भारतलाई चेतावनी थियो।

कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश १ समिति अध्यक्ष अर्जुन जम्नेली राईले अनेरास्ववियूको पथरी क्याम्पसका नेता निता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियालीलगायतले विचार राखेका थिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.