|

बैतडी : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष  २०२० लाई लक्षित गरि सुरु भएको बैतडीको पञ्चेश्वर गाउँपालिकामा राष्ट्रनिर्माण महामहोत्सव जारी छ। महोत्सवको चौथो दिन आइतबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको विषेश उपस्थितीमा रह्यो।

महोत्सवलाई सम्बोधन गर्नुहुर्दै मन्त्री बोहरालो प्रदेश सरकारले जनताको अपेक्षाअनुसार नै योजना अगाडि बढाएको बताए। उनले भने 'जनताको आधारभूत आवश्यकता परिपूर्ती गरि समृद्धितिर अगाडि बढाउन प्रदेश सरकार लागिपरेको छ।' 

यसका साथै उनले पाटन-पञ्चेश्वर सडकको कालोपत्रेको काम ढिला सुस्तीमा अगाडि बढिरहेको र यस सडकखण्डको मर्मत सम्भार र सडकलाई कालोपत्रेको लागि मन्त्रालयबाट बजेटको व्यवस्था गरिने आश्वासन दिए। 

यसैबीच मन्त्रीबोहरालाई पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकामा खानेपानीको योजना निर्माण, सिँचाइ योजना र गाउँपालिकादेखि जिल्ला सदरमुकामसम्मको सडक योजना निर्माण लगायतका पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए।

कात्तिक २१ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको महामहोत्सवको मंसिर २ गते सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले समापन गर्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.