|

इंग्लिस प्रिमियर लिग शीर्ष स्थानको लिभरपुलले अर्को उपाधि दाबेदार तथा साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ। 

सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि होडमा आफुलाई अब्बल प्रमाणित गरेको छ। आइतबार लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा  सिटीलाई ३–१ ले पराजित गर्दा लिभरपुलले पहिलो हाफमा दुई गोल गर्‍यो। अंक तालिकामा लिभरपुलले आठ अंकको अग्रता बनाउन सफल भयो। 

पहिलो हाफमा दुबै गोल सानदार काउन्टर अट्याकमार्फत सम्भव भएको थियो। फाबिन्होले छैटौँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए। उक्त गोल हुनु अघि सिटीले लिभरपुलको डिबक्समा पुर्‍याएको बल ह्यान्ड भएको थियो। तर, सोही बललाई काउन्टरमा लिभरपुलले गोल गर्न सफल भयो। लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले अपिल गरे पनि रेफ्रिले अस्वीकार गरेका थिए।

लिभरपुलको अग्रता दोब्बर बनाउने क्रममा मोहमद सलाहाले १३ औँ मिनेटमा हेडमार्फत गोल गरेका थिए। एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल सानदार रह्यो।

दोस्रो हाफमापनि सिटीमाथि लिभरपुलको गोल कायम रह्यो। साडियो मानेले ५१ औँ मिनेटमा गोल घरेलु टोलीका लागि तेस्रो गोल गरेका थिए। जोडन हेन्डरसनको क्रसमा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्‍याए। 

तीन गोलले पछि परेको सिटीलाई बेर्नाल्डो सिल्भाले ७८ औँ मिनेटमा खेलमा फर्काउने कोसिस गरे। तर, त्यसपछि थप गोल गर्न असफल भयो। सिटीले खेलमा नियन्त्रण केही बढी लिए पनि आवश्यक अवसर सिर्जना गर्न असफल हुँदा खेलमा लिभरपुलले सहज नतिजा आत्मासात् गर्‍यो।

जितसँगै लिभरपुल १२ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। सिटी २५ अंकसहित चौथो स्थानमा रहेको छ। लेस्टर सिटी २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। चेल्सीको पनि समान २६ अंक छ तर गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.