|

काठमाडाैं : विश्वकप छनोटको दोस्रो चरणमा प्रतिष्पर्धा गरिरहेको नेपालले कुवेतविरुद्धको दोस्रो खेल भुटानमा खेल्ने तय भएको छ।

अखिल नेपाल फुटबल संघले घरेलु मैदान तय भएको खेल अन्तर्राष्ट्रिय मैदान तयार गर्न नसक्दा नयाँ विकल्प दिन एएफसीले आग्रह गरेको थियो। सोही अनुसार नेपालले भुटानको चाङ्गलिमिथाङ्ग मैदान प्रस्ताव गरेको थियो।

कुवेतले उक्त प्रस्ताव अस्वीकार गर्दै भिषा र होटलको समस्या हुने एएफसीलाई जानकारी गराउँदै नयाँ मैदान तय गर्न आग्रह गरेको थियो।

पछिल्लो समय कुवेतले कतारमा खेल खेलाउन लभिङ तीब्र बनाए पनि आफ्नो घरेलु मैदानमा हुने खेल नेपालको इच्छाअनुसार हुने भएकाले र नेपालले भिषा र होटलको प्रबन्धमा कुनै समस्या नहुने जनाएपछि एएफसीले चाङ्गलिमिथाङ्ग मैदानलाई नै ३ मंसिरका लागि छनोट गरेको हो।

फिफाले सोमबार उक्त मैदानको स्वीकृत प्रदान गरेको प्रवक्ता किरण राइले जानकारी दिए। यो सँगै नेपाल र कुवेत बीचको खेल भुटानमा हुने पक्का भएको हो।

दशरथ रंगशालाको निर्माण सम्पन्न नहुँदा पहिलो घरेलु खेल हेर्नबाट नेपाली दर्शक वन्चित भएका छन्। योसँगै एन्फाले करोडौं रकम समेत गुमाएको छ।

भुटानमा हुने सम्पूर्ण खर्च एन्फाले व्योहोर्नु पर्ने छ भने गेट मनिमार्फत प्राप्त हुने रकम समेत गुमाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.