फरार २ जनाको खोजी तीव्र

|

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले अपहरण गरी युवा र युवतीलाई बन्धक बनाएर अश्लील भिडियो बनाएर पैसा माग्ने तीनजना युवालाई पक्राउ  गरेको छ।

 पक्राउ पर्नेमा तुलसीपुर उपमहागरपालिका-३ खमारी निवासी १९ वर्षीय विमल वली, सोही ठाउँ निवासी १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री छन्। उनीहरूलाई नियन्त्रणमा लिन सोमबार बिहान दुई राउन्ड फायरिङ गर्नुपरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए।

युवा युवतीलाई बन्धक बनाउने र अश्लील भिडियो बनाउने मध्यका तुलसीपुर-३ कै २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले जनाएको  उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ।

गत शनिबार दिउँसो साढे ३ बजेतिर रा४प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका-३ खमारीस्थित चमेरे गुफाबाट फर्किंदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएका थिए। बन्धक बनाएर त्यो समूहले उनीहरूको अश्लील भिडियो बनाएको र सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ माग्दै आएका थिए।

५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरणपछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लीलता प्रकट हुने भिडियो  बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ।

उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाइलसमेत खोसेर लगेका थिए। सोही जाहेरीका आधारमा उनीहरू पक्राउ परेको डिएसपी योगीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.