|

काठमाडाै‌ं : आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली २३ वर्षमुनिको फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार सागका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

१३ औं साग आगामी मंसिर १५ देखि २४ सम्म साग हुँदैछ। नेपाली २३ वर्षमुनिको टोलीमा सिनियर खेलाडीहरू बिकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समेत समावेश गरिएको छ। टोलीमा बिकेश कुथु, अर्पण कार्की, दिप कार्की गोलकिपर रहनेछन्।

यस्तैगरी डिफेन्डरहरूमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ, छिरिङ गुरुङ रहेका छन् भने मिडफिल्डमा सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेशेहाङ आङदेम्बे, तेज तामाङ रहनेछन्।

बिमल घर्तीमगर, अभिशेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्ट फरवार्डमा रहनेछन्। सागका लागि टोलीको घोषणा गरेपछि मुख्य प्रशिक्षक महर्जनले निक्कै मिहेनत गरेपछि योग्य टोली घोषणा गरिएको र पूरै टोली जितको लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताए।

'हामी सागका लागि तयार छौं', महर्जनले भने, 'खेलाडीले शतप्रतिशत ध्यान दिएर खेल्नेछन्।’

टोलीमा सिनियर टोलीका भरपर्दा खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिड फिल्डर रोहित चन्द परेनन्। रोहित इन्डोनेसियामा र किरण भारतमा व्यावसायिक लिग खेलिरहेका छन्।

सागको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.