|

जनकपुरधाम : छठको खरनादेखि सुरु भई कार्तिक पूर्णिमासम्म महिलाले भाइको दीर्घायुका लागि मनाइने पर्व ‘सामा-चकेवा’ को जनकपुरधाममा सोमबार प्रदर्शनी गरिएको छ।

‘सामा-चकेवा’ को संरक्षण र सम्बर्द्धनका लागि मिथिला नाट्यकला परिषद् जनकपुरधामले प्रदर्शनी गरेको हो। सामा-चकेवा पर्वमा प्रयोग हुने माटाका विभिन्न प्रकारका सामा, चकेवा, चुग्ला, डिडुली, बृन्दावन, साम्ब र चरा चुरुङ्गीको आकृति बनाएर प्रदर्शन गरिएको छ। 

सामा-चकेवामा कुल ४० पात्र हुन्छ। तर गाउँघरमा महिलाले मात्र ४/५ पात्र राखेर लोकगीत गाएर मनाइन्छ। साहित्यकार विजयदत्त मणीले सामा-चेकवामा कति पात्र र मनाइने विधिबारे सबैलाई जानकारी गराउन प्रदर्शनी गरिएको जानकारी गराए। 

यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सामा-चकेवा जस्तो सांस्कृतिक महत्व बोकेको पर्व दुनियाँमा कतै नरहेको बताए। उनले सामा-चकेवा जस्तो पर्वमा सामाजिक जीवन बाँच्ने प्रेरणा पाउने गरेको समेत बताए। 

प्रदर्शनीका क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले पनि सामा-चकेवालाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्। उनले भाइको दीर्घायुका लागि मनाइने यस पर्वले महिलालाई मनोरञ्जन समेत प्राप्त हुने गरेको बताएकी थिइन्।

भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्। भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिए। 

सामाको भाइ साम्बले जब यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे। तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गरे।

सोही दिनदेखि भाइको दीर्घायुका लागि महिलाले सामा-चकेवाको सुरुवात गरेको मानिन्छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.