|

काठमाडौं : भाइ रुप ज्योति मुछिएको ठगीकाण्डमा अनुसन्धान गर्नका लागि ज्योति समूहका अध्यक्ष पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । 

प्रहरीले रुप ज्योति मुछिएको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो अनुमति दिएको जानकारी श्रेष्तेदार आनन्द श्रेष्ठले दिए।

पद्यमका भाइ रुप ज्योति र उनकी छोरी सुरुचीलाई सिंगापुरबाट फर्किँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा लिएको थियो। 

पेचिलो बन्दै रुप ज्योति प्रकाउ प्रकरण, अलमलमा निजी क्षेत्र

बाँसबारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि बढ्दै गएको विवादले रुप र उनकी छोरी पक्राउ परेका थिए। यही प्रकरणमा पद्मलाई पनि पक्राउ गर्न अदालतबाट प्रहरीले अनुमति लिएको हो। 

ज्योति र मल्लबीचको सम्झौतामा ६ आना ३ दाम २।१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख गरिएको जनाइएको छ। त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएको जनाएका छन्। 

ल्याण्डमार्क घर बनाउन सिई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । तर त्यसमा घर नबनेपछि मल्लले आफू ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए। मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। त्यही केसमा प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.