|

स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ।

छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।  

भारत रतन र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका हुन्। बलिउडकी चर्चित गायिका लतालाई स्वास फेर्न समस्या भएपछि मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको हो। लता गत सेप्टेम्बर २८ मा ९० वर्षकी  भइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.