|

काठमाडौं : नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ। दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन्।

समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै संगठनको स्वीकृति बेगर थापाथली इञ्जिनियरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिई 'भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको' आरोपमा अदालतले उनलाई  दोषी ठहर गरेको जनाइएको छ।

सैनिक सेवाबाट आफू खुशी भगौडा भएका जो कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.