|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। 

नगरपालिकाले एक कार्यक्रमकाबीच नगर बस सञ्चालनमा ल्याएको हो। नगर बसको प्रदेश सभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय प्रमुख राजकुमार शर्माले पहिलो यात्रुको रुपमा यात्रा गरेर उद्घाटन गरे।

नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगर बस सुरु गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए। सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएको तीन वटा बस संचालनमा ल्याएको हो। नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ। यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रदान गरिने छ। 

अब चौरजहारी नगरपालिका भित्र  जुनकुनै ठाउँको यात्रा गर्दा २० रुपैया लाग्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.