|

काठमाडौं : कलंकी बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका–७ घर भएका ३६ वर्षीय बिसी थरका पुरुषलाई ठेगाना नखुलेको कमल तामाङ नाम गरेको व्यक्तिले डलर साट्ने भनि उनको साथबाट नगद १० लाख रुपैयाँ लिई सोमबार दिउँसो फरार भएका छन्। 

कागेश्‍वरी मनहरा नगरपालिका–५ थलीमा डलर साट्न भनि तामाङले पीडितलाई बोलाई डलर नदिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ।

फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.