|
प्रतीकात्मक फोटो

रौतहट : रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलबार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन्। 

प्रहरी चौकिमा भएको विस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ।

सुतली बम विष्फोट गराएको आशंका गरिएको छ। मठिया प्रहरी चौकीमा बम विष्फोटबा एक प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

घटनाको क्षतिबारे जानकारीको लागि प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वको टोली घटनास्थलमा गएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.