|

हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडामा सडक वरपरको संरचना भत्काउने काम तत्काल स्थगित हुने आश्वासन दिएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको टोलीले शुक्रबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सडकको क्षेत्र २५ मिटर कायम गरी त्यसभित्रको संरचना भत्काउने काम तत्काल स्थगित हुने आश्वासन दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा २५ मिटरबारे उद्योग वाणिज्य संघले राखेको अवधारणाबारे प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको संघका महासचिव महेन्द्र राउतले बताए। प्रधानमन्त्री प्रचण्डले संघको अवधारणाबारे ठोस कदम चाल्ने बताएको उनले जानकारी दिए। डिभिजन सडक कार्यालय हेटौंडाले गत पुस १८ गते १५ दिनको सूचना जारी गरी सडकको २५ मिटर क्षेत्रमा पर्ने सम्पूर्ण संरचनालाई तत्काल खाली गर्नको लागि आग्रह गरेपछि मकवानपुर उद्योग वाणिज्य संघको टोली उक्त निर्णय अवैधानिक तथा असुहाउदो रहेको भन्दै प्रधानमन्त्रीसमक्ष डेलिगेसन आएको हो।

भेटमा सांसद रामनारायण विडारी, संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, व्यवसायी अजेयराज सुमार्गी, घरबहाल उपभोक्ता संघका मकवानपुर अध्यक्ष नवराज न्यौपाने, सचिव समिरलाल डंगोल लगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.