प्रहरीको घेरामा रहेका आलमको त्रास घटेन

|

रौतहट : रौतहटको राजपुर फरदहवामा बम विष्फोटको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा एकजना प्रत्यक्षदर्शी र घाइतेले बाध्य भएर बयान फेर्न आएको बताएका छन्।

सोमबार रौतहट जिल्ला अदालतमा आलमको थुनछेक बहस चलिरहँदा बम विस्फोटमा घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमारले बयान फेरेका थिए। आलमसहित ११ जनामाथि मुद्दा दायर भएपछि आलमका आफन्तले  ४ दिनसम्म बन्धक बनाई झुठो बोल्न लगाएको घाइते चमारले बताएका छन्।

वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ।

न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो। सरकारी साक्षी बनेर गएका चमारले आफ्नो बयान एकाएक फेरिएपछि प्रहरीले चमारलाई पक्राउ गरेको थियो।

आलमका वकिलको साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई रौतहट प्रहरीले पक्राउ गरेको हो। सरकारी साक्षीका रुपमा रहेका चमारले बयान बयान फेर्दै अदालतमा आएपछि उनलाई  प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो ।

चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएको सरकारी साक्षी हुन्। उनले आफू बमले नभएर 'स्टोभ' पड्केर घाइते भएको कागजात पेस गरेका छन्। 

यसअघि विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन्।

२३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन्।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी थिइन्। उनले पनि दबाबमा परेर बयान फेर्न बाध्य भएको बताएकी छिन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.