|
प्रतीकात्मक फोटो

बाँके : ग्यास सिलिण्डर लिक भएर विस्फोट हुँदा बाँकेमा एकजना घाइते भएका छन्। कोहलपुर नगरपालिका-११, न्यूरोडस्थित गोलपार्क नजिकै ग्यास चुल्होको पाइप लिक भएर विस्फोट हुँदा घरधनी ५० वर्षीय चुडामणी शर्मा सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

दिउँसो करिब ३ बजे ग्यास विस्फोट हुँदा शर्माको हात, टाउको र कपाल जलेको छ। घाइते शर्माको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा सामान्य उपचारपछि थप उपचारका लाग भेरी अस्पताल, नेपालगन्जमा रिफर गरिएको अस्पताललाई उद्धृत् गर्दै कोहलपुर प्रहरीले जनाएको छ।

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको उनले बताए। ग्यास सिलिण्डर विस्फोट भएको समयमा घरमा उनी एक्लै रहेकोले थप क्षति हुन नपाएको शाहीले बताए।

शर्माको दुईतले घरको माथिल्लो तलामा रहेका भान्सा कोठामा रहेको ग्यास सिलिण्डर विस्फोट भएको हो। विस्फोटबाट घरमा ठूलो क्षति पुगेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको शाहीले जानकरी दिए। 'घरमा ठूलो क्षति पुगेको छ,’ डिएसपी शाहीले भने 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.