|

काठमाडौं : कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान)) को अध्यक्ष पदमा नवराज कुँवरसँगै उनको समूहले उम्मेदवारी घोषणा गरेको छ।

आगामी मंसिर ७ गते काठमाडाैंमा हुने क्यान फेडेरेसनको १३औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरूको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए।

अन्य उम्मेदवारमा संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मीला भुजेल, निरञ्जन पटेल र सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा. पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल तथा व्यक्तिगत आजीवन समूहबाट प्रा डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन्।

यसैगरी, व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्की तथा वस्तुगत सदस्यमा उक्त समूहमा नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटा रहेका छन्।

तीन सदस्यीय लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी रहेका छन्। निर्वाचनमा सात प्रदेशमा दुईजनाका दरले सदस्य निर्वाचित हुनेछन्।सदस्यमा निर्वाचित भइसकेपछि कार्यसमितिले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी चयन गर्नेछ।

क्यान फेडेरेसनमा ४३ सदस्यीय केन्द्रीय कार्य समिति छ। सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ। कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.