|

सोलुखुम्बु : सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको सुतेकै ठाउँमा मृत्यु भएको छ। 

कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार उनी मंगलबार बिहान ६ः४५ मा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनल पार्क होटलमा मृत भेटिएका हुन्। 

इलाका प्रहरी चौकी नाम्चेबाट घटना स्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए। 

खुम्बु क्षेत्र आउने पर्यटकमध्ये यस वर्ष मात्रै चार जनाको सुतेकै ठाउँमा मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.