|
फाइल फोटो

गुल्मी : संविधान संशोधन विधेयकको विरोधमा आह्वान गरिएको बन्दका कारण गुल्मी सदरमुकाम तम्घास लगायत मुख्य बजार क्षेत्रको जनजीवन प्रभावित भएको छ।

संशोधन विधेयकमा पाँच नम्बर प्रदेशका तराईका जिल्ला अलग गर्ने प्रस्ताव गरिएको विरोधमा संयुक्त संघर्ष समितिले जिल्ला बन्दको आह्वान गरेको हो। बन्दकर्ता बिहानैदेखि सदमुकाम तम्घास बजार सहित ग्रामीण भेगका मुख्य बजारमा बन्द गराउँदै हिँडेका छन्।

बन्दका कारण सदरमुकामबाट छुट्ने छोटो तथा लामो दूरीका गाडीहरु चलेका छैनन्। बन्दकर्ताले सदमुकाम तम्घासमा नाराबाजी सहित प्रर्दशन गरेका छन्। सरकारले जनभावना विपरीत चालेको कदम बिरुद्ध सबै दल ऐक्यवद्धताका साथ अगाडि बढ्ने संघर्ष समिति संयोजक भुवनप्रसाद श्रेष्ठले बताए।

सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेदेखि  गुल्मीका ११ दलले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.