खैरहनी ४ र ५ मा चार/चार जना

चितवन : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका १६ मा ५ वटा राजनीतिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।
वडा अध्यक्षका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टीले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
निर्धारित समय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा पाँचवटा राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलले मनोनयन दर्ता गराएको कार्यालयले जानकारी दिएको छ।
नेकपाका तर्फबाट भक्तराज हमालले मनोनय दर्ता गरे। बाजागाजा र नेता तथा कार्याकतासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हमालको प्रस्तावकमा नारायणप्रसाद अधिकारी र समर्थकमा वद्रीप्रसाद चापागाईं रहेका छन्।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै भक्तराजले भरतपुर १६ मा आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे। यसअघि पनि नेकपाकै उम्मेदवारले जितेको स्थानमा विकासका लागि मतदाताले आफूलाइ नै मतदान गर्ने बताए।
यस्तै, कांग्रेसकाबाट अमृतराज हमालले मनोनयन दर्ता गराएका छन्। पञ्चेबाजा र नाराजुलुसका साथमा निर्वचान अधिकृतको कार्यालय पुगेका हमालले सुरवीर पोख्रेलको प्रस्ताव र यम बहादुर गुरुङको समर्थनमा मनोनयन दर्ता गराएका हुन्। सञ्चारकर्मीसँग प्रतिकृया दिँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।
समाजवादी पार्टीका तर्फबाट अमर बहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्। यसअघि ठूलापार्टीलाइ जिताए पनि खासै केही नगरेकाले यसपाली नयाँ पार्टीलाई मतदाताले परीक्षण गर्न पनि मतदान गर्ने उम्मेदवार थापाको विश्वास छ।
यस्तै, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेले उम्मेदवारी दर्ता गराएका छन। राप्रपा संयुक्तका तर्फबाट विष्णुप्रसाद त्रिपाठीको मनोनयन दर्ता भएको छ।
भरतपु १६ पुर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र पनि हो। सो वडामा यसअघि तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।
खैरहनी ४ र ५ मा चार/चार जना
यस्तै, खैरहनी नगरपालिका-४ मा चारजनाको उम्मेदवारी परेको छ। नेकपाका तर्फबाट वेदबहादुर अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट देवबहादुर बस्नेत, राप्रपाबाट अनोज अधिकारी र राप्रपा संयुक्तबाट सीताराम थापाले उम्मेदवारी दर्ता गाएका छन्।
यस्तै, खैरहनी नगरपालिका-५ मा पनि चारजनाको उम्मेदवारी दर्ता भएको छ। नेकपाका तर्फबाट पुननारायण प्रधान, कांग्रेसबाट प्रतीमा कार्की बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै, समाजवादी पार्टीबाट विकन महतो र राष्ट्रिय नागरिक पार्टीबाट बलराम चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपनिर्वाच तालिका
उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध बिहीबार दाबी विरोधको उजुरी गर्ने समय दिइको कार्यालयले जनाएको छ। उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेमा २९ गते बिहान ११ बजे निर्णयका लागि उम्मेदवरलाइ बोलाइएको छ। ३० गते अन्तिम उम्मेदवारको नामावली निर्वाचन आयोगमा पठाउने र मंसिर १ गते चुनाव चिह्न प्रदान गरिने छ। मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।