|

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका-३ को वडा अध्यक्ष पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँच दलले बुधबार उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही, सामाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका श्रीधन तामाङले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए।

उनका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान १० बजे देखि १ बजेसम्म समय निर्धारित गरिएको थियो। पार्टी झण्डा र गाजाबाजासहित उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। बिहीबार उम्मेदवारमाथि उजुरी गर्नका लागि दिउँसो ११ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ।

सोही दिनको ३ बजेदेखि ५ बजेसम्म प्राप्त उजुरी जाँच गरी मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिने, मंसिर १ गते ११ बजेदेखि ४ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने र १४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुने कार्यातालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.