ब्याण्ड बाजा बजाएर उम्मेदवारी दर्ता गर्न पुगे उम्मेदवार

|

बारा : मंसिर १४ मा हुने उपनिर्वाचनमा बारामा एकवडा अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ। बारागढी गाउँपालिका-१ मा वडा अध्यक्ष पदमा निर्वाचनका लागि रिक्त पदको लागि बुधबार मनोनयनपत्र गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन पार्टीका नेता, कार्यकर्ता ब्याण्डबाजा बजाएर गाउँपालिकाको केन्द्रमा रहेको प्रसूति गृहको भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत मनिष कुमार साहका अनुसार ९ जनाको मनोनय दर्ता भएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शंकरप्रसाद चौधरी, नेपाली कांग्रेसले स्व. चौधरीकी पत्नी तस्विरीया थरूनी, समाजवादी पार्टीले सुरेश चौधरी, राष्ट्रिय जनता पार्टी (राजपा) का बैधनाथ चौधरीलाई उम्मेदवार उठाएका छन्।

त्यसैगरी, नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारू, नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेली, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरी, राप्रापा (संयुक्त) रामपति देवी र स्वतन्त्रबाट नरेश पासवानले मनोनय दर्ता गराएका छन्।

राजनीतिक कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाइने भए पनि बारागढीमा बालबालिकाले समेत पार्टीका झण्डा बोकेको देखिएको थियो। वडा अध्यक्ष नन्दला राय थारूको मृत्यु भएपछि वडा अध्यक्ष पद एक वर्षदेखि रिक्त छ। नेपाली कांग्रेसबाट निर्वाचित उनको २०७५ मंसिर १४ मा मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.