|

कालिकोट : विभिन्न जात/जाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे संक्रान्ति कर्णालीमा भने माघी तिहारको रुपमा मनाइन्छ।

यसअवसरमा दिदीबहिनीलाई कोशेली दिने चलन छ। विभिन्न परिकारहरुसहतिको केशेली हरियो पातमा दिदीबहिनीलाई दिने चलन परापूर्व कालदेखि चलिआएको छ। धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनामा रुपमा लिने गरिएको कर्णालीका सस्कृतिविद् रमानन्द आचार्य बताउँछन्।

‘कर्णालीमा अन्य ठाउँकोभन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ,’ उनले भने– ‘बैदिक मान्यताअनुसार कर्णालीमा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर दिदीबहिनीलाई कोशेली दिने चलन रहेको छ।’

यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको शिक्षाप्रेमी चन्द्रप्रसाद कोइराला बताउँछन्। ‘टाढा टाढा रहेका दिदी–बहिनीलाई हरियो पातमा कोशेली पु¥याउने चलन छ,’ उनले भने- ‘कर्णालीमा माघ पवित्र महिना भएका कारणले कारमाट पनि गरिँदैन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.