|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्शको टोलीले हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई भेटेको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दरबारमार्ग स्थित प्रहरी हिरासतमा रहेका ज्योतिसँग भेटघाट गरेको हो। 

भेटघाटका क्रममा अध्यक्ष श्रेष्ठले निजको स्वास्थ्य स्थिती एवं समग्र अवस्थाबारे जानकारी लिएको जनाएका छन्।  कानूनी राज्य भएको मुलुकमा प्रतिष्ठित व्यवसायी ज्योतिलाई हिरासतबाट शिघ्र मुक्त गरिने आशा राखेको श्रेष्ठले बताए । यसअघि चेम्बरले ज्योतिलाई प्रकाउ गरेकोमा आपत्ति जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.