|

उदयपुर : उदयपुरको कटारीमा १५ दिनसम्म लाग्ने त्रिवेणी मेला माघे संक्रान्तिदेखि सुरु भएको हो। 

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेला भन्न थालिएको हो। मेलामा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलि दिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ।

मेलाको आकर्षण सोलखुम्वुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे  भोटे कुकुर, ओखलढुङ्गाको राडिपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेचलाई लिने गरिएको भएपनि पुराना आकर्षणहरु लोप भैसकेका छन्। 

पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने मेलामा स्थानीय उत्पादन, रोटेपिङ्, मौतका कुवा, बुगी–बुगी डान्स लगाएतका मनोरञ्जनात्मक खेलहरु रहेको मेला आयोजक समितिले जनाएको छ।

मेलामा पूर्वाञ्चल, मध्यमाञ्चलका अलावा भारतवाट समेत मेला घुम्न आउनेहरुको घुइचो लाग्ने गरेको छ। त्रिवेणीमा शनिबार बिहानैदेखि मकर नुहाउनेहरुको घुइँचो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो मेला कहिलेबाट सुरु भएको हो र यसको बिषेशता के हो के म जान्न सक्छु ।