|

सल्यान : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले लघु, घरेलु तथा साना उद्योगको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। साना उद्योगको विकास नभएसम्म ठूला उद्योगको विकास सम्भव नरहेको उनको भनाइ छ।

बुधबार सल्यान खलंगामा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले कर्णाली प्रदेशको हकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताए। उनले भने ‘अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको घरेलु तथा साना उद्योग भएकाले उत्पादन, रोजगारीका हिसाबले  यस्ता उद्योगको भूमिका उच्च हुन्छ।’

साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै मन्त्री बुढाले यस्ता उद्योगबाट गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन बजारमा आउनु पर्नेमा जोड दिए।  कर्मचारी समायोजन ऐन लगायतका कारण कर्णाली प्रदेशमा कर्मचारीको अभाव हुँदा कार्यक्रम केही प्रभावित भए पनि अव त्यस्तो समस्या नहुने उनको भनाइ छ।

कर्मचारी समस्या हल गर्न प्रदेशलले करारमा कर्मचारी पदपूर्ति गरकोले अब योजनाहरु कार्यन्वयन हुदैनन् की भन्ने चिन्ता नलिन समेत आग्रह गरे। एक जिल्ला एक ठूला उद्योग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको समेत बुढाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.