
जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले देशमा हिन्दुराष्ट्रय फर्काएर छाड्ने उद्घोष गरेका छन्। जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरी उनले हिन्दु राष्ट्र कायम नभएसम्म संघर्ष जारी राख्ने बताएका हुन्।
अध्यक्ष जबराले विश्वमा एक्लो हिन्दु राष्ट्र नेपाललाई तत्कालीन नेकपा एमाले र कांग्रेसले धर्मनिर्पेक्ष बनाएर पहिचान मेटेर ठूलो अपराध गरेको आरोप लगाए। उनले उनीहरूले गरेको अपराध मेटेर हिन्दु राष्ट्र पुनः स्थापित नभएसम्म संघर्ष जारी राख्ने बताए। हिन्दु राष्ट्र कायम भएको खण्डमा विश्वबाट अर्वो हिन्दु धर्मावलम्बीहरू भ्रमणका लागि यहाँ आउने समेत बताए।
यस्तै, अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले जनआन्दोलन र संविधान जारी गर्ने बेलामा समेत धर्मनिपेक्ष राष्ट्र हुनुपर्ने माग नरहेपनि षड्यन्त्रपूर्वक धर्मनिपेक्ष राष्ट्र घोषणा गरिएको बताए। उनले संविधान निर्माणका लागि जनतालाई सोधिएको प्रश्नमा अधिकतर जनताले हिन्दु राष्ट्रको पक्षमा मत जाहेर गरेको र त्यो गोप्य राखेर हिन्दुराष्ट्रको अन्त्य गरिएको उनको भनाई छ।
राप्रपा संयुक्तले भोलिदेखि जनकपुरबाट जानकी बुद्ध यथ यात्राको निकाल्ने भएको छ। हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निकालिने भनिएको उक्त रथयात्रामा सहभागीका लागि दुवै अध्यक्ष जनकपुर आइपुगेका हुन्। रथयात्रा मंसिर ४ गते लुम्बनी पुगेर सकिनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।